March 16, 2025
अशोज १८, २०८१

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा शुक्रवार भएको छ । मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष जानकी दाहालको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा संस्था अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन, लेखा समिति सदस्य शुभेक्षा दाहालले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक शुभद्रा घिमिरेले आव ०८१\०८२ को अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

साधारणसभामा उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट ऋणीतर्फ भीमकुमारी चौलागाई, काईलीमाया घलान, असली बचतकर्ता मुना घोरसाईनी, बाल बचतकर्ता शुभद्रा चौलागाई, प्राप्ती घिमिरे, विपन्न वर्गका विद्यार्थी, पाठापाठी साटासाटमा उत्कृष्ट काम गर्ने सदस्यरुलाई समेत पुरस्कृत गरिएको थियो ।

साधारणसभामा मकवानपुरगढी २ का वडा अध्यक्ष बखान सिंह पाख्रिन, ३ का वडा सदस्य विदुर हुमागाई, मकवानपुरगढी गाउँपालिका सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ , मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन प्रसाद दाहाल, जागरण सोकासका अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशील समाज साकोसका अध्यक्ष कृष्ण विडारी, धमिले कृषि सहकारीका सचिव केदार पुडासैनी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्या‌पाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, भानु माविका अध्यक्ष खील प्रसाद चौलागाई, सल्लाहकार शोभिता पोखरेल, कृष्णप्रसाद पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

मकवानपुरगढी गाउँपालिको वडा नं १,२,३, र ४ कार्यक्षेत्र रहेको सहकारीमा १ हजार ३९९ शेयर सदस्यहरु आवद्ध रहेका छन । सहकारीको शेयर पूजी ३१ लाख ९० हजार रहेको छ भने बचत निक्षेप ४ करोड ६६ लाख र कर्जा लगानी ५ करोड ६२ लाख रहेको संस्थाका व्यवस्थापक शुभद्रा घिमिरेले बताईन् ।