October 10, 2024
अशोज १६, २०८१

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ कालिवनमा अवस्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको बुधबार २६ औं वार्षिक साधारण सभा भएको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष पार्वती फुँयालको सभाध्यक्षतामा सभा भएको थियो ।

सहकारीले सदस्यलाई ८ करोड ७ लाख १५ हजार ८०६ रुपैयाँ कर्जा लगानी गरेको छ । एक हजार तीन सय ३१ जना शेयर सदस्य रहेको सहकारीमा एक करोड २१ लाख ५५ हजार ८ सय शेयरपुजीँ रहेको संस्थाका व्यवस्थापक मेनुका कुमारी न्यौपानेले बताईन् । उनले संस्थाको जगेडा कोषमा ९३ लाख ३६ हजार १२१ रुपैयाँ रहनुका साथै बचत निक्षेप आठ करोड ४६ लाख ७८ हजार ९१४ रुपैयाँ रहेको बताईन् ।

सहकारीले सभामा देवकुमारी बजगाई, नन्दकुमारी हुमागाई, खीलामाया तिमल्सिना, नन्दकुमारी श्रेष्ठ र मिठु सञ्जेललाई जेष्ठ सदस्य सम्मान गरिएको थियो । त्यस्तै, असल ऋण कारोबारीतर्फ सावित्री तिमल्सिना, सरस्वती पौडेल, सीतामाया जिम्बा, बिमला सिंतान र सरीता हुमागाईलाई सम्मान गरिएको थियो । सहकारीले बाल बचततर्फ प्रविसा ढकाल, धेरै बचतगर्ने नम्रता सेढाई र एसईइमा उत्कृष्टहुने प्रकृति तिमल्सिनालाई पनि पुरस्कृत गरिएको थियो ।

No description available.

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, वडा ५ का वडासदस्य चन्द्रमाया हुमागाई, जिल्ला सहकारी संघका सदस्य सीताराम दाहाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, ग्रामीण महिला सेवा केन्द्रका सचिव अचला शर्मा, स्वरोजगार साना किसान कृषि सहकारीका अध्यक्ष धनकुमारी खड्का, लेखा समिति संयोजक सुलोचना स्याङ्तानसंस्थाका पूर्व अध्यक्ष निर्मला न्यौपाने, निवर्तमान अध्यक्ष देवकी चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।