October 10, 2024
अशोज १३, २०८१

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ भोर्लेमा अवस्थित महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाको १९ करोड ८१ लाख ६ हजार १६ रुपैयाँको कुल कारोबार भएको छ । शनिबार २४ औँ वार्षिक साधारण सभा गर्दै आव २०८०/८१ को आर्थिक वित्तीय विवरण सार्वजनिक गरिएको थियो ।

संस्थाका अध्यक्ष जुना दंगालको सभाध्यक्षता तथा वडा नम्बर १५ का वडाध्यक्ष सुनील मुक्तानको प्रमुखआतिथ्यतामा सभा भएको थियो । सभामा कार्यपालिका सदस्य पातलीमाया गोले, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि, जनचेतना साकोसका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

सभामा विभिन्न विधामा शेयर सदस्यलाई सम्मान गरिएको थियो । दुई हजार ७८१ शेयर सदस्य रहेको सहकारीमा २ करोड ४३ लाख ७६ हजार पाँच सय शेयरपुजीँ रहेको छ । सहकारीले सदस्यलाई १५ करोड १० लाख ३९ हजार ३२० रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक माया तामाङले बताईन् । संस्थामा जगेडा कोषमा एक करोड २६ लाख ७५ हजार १२१ रुपैयाँ रहेको छ भने बचत निक्षेप १४ करोड ६९ लाख ३ हजार ३४७ रुपैयाँ रहेको व्यवस्थापक तामाङले बताईन् ।