हेटौंडा \ हेटौंडा ११ नवलपुरमा अवस्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः आशाकुमारी अधिकारी चयन भएकी छिन् । शनिबार भएको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट अधिकारीलाई पुनः अध्यक्षमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा धन विडारी, सचिव विमला थापा र कोषाध्यक्षमा अञ्जु गुरागाई सर्वसम्मत रुपमा चयन भएका छन् । उनीहरु पनि पुनः सोही पदमा चयन भएका हुन् ।
समितिको सदस्यहरुमा शर्मिला अर्याल, शुभद्रा बर्तौला, बेलकुमारी श्रेष्ठ, सुनिता गौतम र एलिना थापा चयन भएका छन् । सभाले लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा पुनः सीता सापकोटालाई नै चयन गरेको छ । समितिको सदस्यहरुमा मायाकुमारी अधिकारी र निशा पोखरेल चयन भएको निर्वाचन समितिका संयोजक कल्पना श्रेष्ठले बताईन् ।
सहकारीको १६ औं वार्षिक साधारण सभा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष आशाकुमारी अधिकारीको सभाध्यक्षतामा सभा भएको थियो ।
सभामा हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, नेफ्स्कुन फिल्ड समितिका सदस्य राजेन्द्रप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नवयुवा साकोसका अध्यक्ष फूलमान श्रेष्ठ, उपयोगी सहस्राब्दी साकोसका अध्यक्ष दिनेश विडारी, लेखा समिति संयोजक सीता सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले ३२ करोड १२ लाख ६ हजार ८२९ रुपैयाँ बराबरको कूल कारोबार गरेको छ । चार हजार ४८८ जना सदस्य आवद्ध भएको सहकारीमा तीन करोड ४० लाख ६६ हजार तीन सय शेयरपुजीँ रहेको संस्थाका सिइओ शर्मिला श्रेष्ठले बताईन् । सहकारीले २२ करोड १९ लाख ३२ हजार ५४९ रुपैयाँ कर्जा लगानी गरेको छ भने संस्थामा २४ करोड ८९ लाख ५५ हजार ७२९ रुपैयाँ बचत निक्षेप रहेको श्रेष्ठले बताईन् । सहकारीको जगेडा कोषमा एक करोड ५४ लाख २९ हजार २५१ रुपैयाँ रहेको छ ।
सहकारीले सभाको अवसरमा उत्कृष्ट कर्मचारी सहायक लेखापाल खड्ककुमारी कार्कीलाई सम्मान गरेको छ । त्यस्तै, विद्यार्थीतर्फ कक्षा १२का जानकी मीश्र र विपिन पोख्रेललाई सम्मान गरेको छ । यसैगरी नियमित बचत तर्फ इश्वरी बर्तौला, उर्मिला गुरुङ, सुशीला बास्कोटा, रीता कंडेल, निर्मला तिवारी, असल व्यवसायीतर्फ नन्जिता सारुमगर, सविना पुडासैनी, गौरी बास्कोटालाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट ऋणीतर्फ सीम घलान, प्रतिमा कुमारी आलेमगर, कल्पना सापकोटा। खुत्रुके बचततर्फ नानीमैयाँ श्रेष्ठ, रितिका विडारी, निर्मला राउत, सोनिस श्रेष्ठ, रसलिना थापा, संदीप रोक्काक्षेत्री, शिक्षा बचततर्फ दिक्षान्त पुडासैनी र निरोज कार्की, साहारा बचततर्फ सरिता आलेमगर र उमादेवी बर्तौला, पानसमा बत्ति बाल्ने सदस्यतर्फ लक्ष्मी खनाललाई सम्मान गरिएको थियो ।