हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा अवस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको तीन दिवसीय साधारण सभा शनिबार समापन भएको छ । विहीबार देखी सुरु गरेको २४ औं साधारणसभा शनिबार पदमपोखरीमा गर्दै समापन भएको छ ।
संस्थाका अध्यक्ष मीना थापाको सभाध्यक्षता तथा वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा सभा भएको हो । सभामा अध्यक्ष थापाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै सचिव शर्मिला दोङले संस्थागत विवरणका साथै आव २०८०-८१ मा गरिएका कार्यक्रमहरुबारे जानकारी दिएकी थिइन् । त्यस्तै कोषाध्यक्ष रमाकुमारी रिसालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सभामा उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय सहयोगी सानुमाया थिङ वाईवालाई सम्मान गरिएको थियो । सहकारीलले शुक्रबार हेटौंडा १२ मा भएको सभामा २१ जना जेष्ठ शेयर सदस्य र पत्रकारलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै, विहीबार भएको सभामा तीन जना जेष्ठ सदस्यलाई सम्मान गरिएको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मुक्तानले बताईन् ।
सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष एंव संस्थाका लेखा समिति संयोजक विष्णुमाया लामा, ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष सुलोचना स्याङ्तान, संस्थाकी पुर्व अध्यक्ष लक्ष्मी माया थिङ, जनचेतना साकोसका कोषाध्यक्ष सुष्मा स्याङ्तान, फेमीकल एकेडेमीका अध्यक्ष बगानसिं थिङ, पदमपोखरी बहुमुखी क्याम्पसका अध्यक्ष सोविन थिङ, संस्थाका संस्थापक अध्यक्ष राममाया घिमिङ, पदमपोखरी प्रहरी चौकीका प्रमुख विशाल दोङ, खबर सहकारी डटकमका सम्पादक श्रीराम अर्जुन लगायतको आतिथ्यता रहेको थियो ।