October 10, 2024
अशोज १२, २०८१

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेमा अवस्थित संजीवनी बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष जानकी चौधरीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा सभा भएको हो ।

सहकारीले ३८ करोड ८२ लाख ३९ हजार ११८ रुपैयाँको कूल कारोबार गरेको छ । तीन हजार ४७१ जना शेयर सदस्य आवद्ध रहेको सहकारीमा शेयरपुजीँ तीन करोठ ४३ लाख ८७ हजार चार सय रहेको संस्थाका व्यवस्थापक प्रकाश बहादुर खनालले बताए । ३० करोड ५१ लाख ५५ हजार १११ रुपैयाँ बचत निक्षेप रहेको सहकारीले आफ्ना सदस्यलाई २८ करोड ९ लाख ४२ हजार २७७ रुपैयाँ कर्जा लगानी गरेको व्यवस्थापक खनालले बताए । संस्थाको जगेडा कोषमा तीन करोड ७ड लाख ६४ हजार २९८ रुपैयाँ रहेको छ ।

सहकारीले सभाको अवसरमा सदस्यलाई सम्मान गरेको छ । जेष्ठ सदस्यतर्फ गणेश बहादुर बानियाँ क्षेत्री, उमादेवी दाहाल, मञ्जुदेवी उपाध्याय, नारायण प्रसाद लामिछाने, पूर्ण कुमारी पौडेल, विमलादेवी सापकोटा र सिद्धीलक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्तातर्फ हेमा थापामगर, टीका बहादुर खड्का, माधव खनाल, छोटेलाल ठाकुर हजाम, दिप्सना देवकोटा र उत्कृष्ट ऋणीतर्फ अनिता भण्डारी र अजित थापामगरलाई सम्मान गरिएको थियो ।

No description available.

सहकारीले उत्कृष्ट विद्यार्थीतर्फ भने कक्षा ८ का विधिता फुयाँल र सविस्ना श्रेष्ठ, एसईइका स्पन्दन दाहाल, प्लस टुका प्रनिश श्रेष्ठ, स्नातकका आश्मा शर्मा पौडेल, स्नातक इन्जिनियर प्रमिश पौडेल र डाक्टर प्रमिशा पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै, पूर्व सञ्चालकतर्फ जानुका सञ्जेल दाहाल र सुशील घिमिरेलाई सम्मान गरिएको थियो ।

सभामा वडा नम्बर ५ का वडा अध्यक्ष सुशील घिमिरे, वडा सदस्यद्धय ज्ञानबहादुर थापा, भगवती विक, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य हिमाल पौडेल, संस्थाका निवर्तमान अध्यक्ष रणबहादुर कार्की, समाजसेवी ह्यग्रीव आचार्य लेखासमिति संयोजक राजुकुमार प्रधानलगायतको आतिथ्यता रहेको थियो ।