October 10, 2024
अशोज ११, २०८१

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा अवस्थित महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शान्ति स्याङ्तान चयन भएकी छिन् । शुक्रबार भएको संस्थाको २६ औँ वार्षिक साधारण सभाबाट चार वर्षका लागि सहकारीको नेतृत्व सम्हाल्न स्याङ्तान अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।

समितिको उपाध्यक्षमा पातलीमाया गोले, सचिवमा दुर्गाकुमारी दंगाल, कोषाध्यक्षमा मीराकुमारी रुम्बा चयन भएकी छिन् । समितिको सदस्यहरुमा भने संगीता घलान, निर्मला थिङ, सिर्जना दाहाल, मीना तामाङ, नानीमैयाँ मगर चयन भएका छन् ।

सभाले लेखा समितिको संयोजकमा तेजकुमारी अस्थानी चयन गरेको छ । सदस्यमा भने गीता आलेमगर र चाँदनी रजानमगर चयन गरिएको निर्वाचन समितिका संयोजक वीरेन्द्रप्रसाद ढुङ्गानाले बताए ।

संस्थाको अध्यक्ष तेजकुमारी अस्थानीको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरिएको थियो । सहकारीले जेष्ठ सदस्यतर्फ बुद्धीमाया तामाङ, ठुलीमाया थिङ, कान्छीमाया रुम्बा, कोपिला देवी गोले र काइँलीमाया भोम्जन, असलऋणीतर्फ पूर्णिमा घिसिङ,बिमला विक,लक्ष्मी थापा र शान्मिाया हेम्जनलाई सम्मान गरिएको थियो । त्यस्तै, बचतकर्तातर्फ पूर्णिमा गोले, समूहतर्फ रानी महिला समूह, सयपत्री महिला समूह, लालुपाते महिला समूह र माहरे महिला समूह सम्मान गरिएको थियो ।

No description available.

९ करोड ८६ लाख ८८ हजार ६११ रुपैयाँको कूल कारोबार गरेको सहकारीले आफ्ना सदस्यलाई ७ करोड ६१ लाख ३९ हजार ६८९ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक बाटुकुमारी योन्जनले बताइन् । एक हजार ४६१ जना सदस्य संस्थाका आवद्ध छन् भने शेयरपुजीँ एक करोड ८ लाख ८० हजार चार सय रहेको उनले बताईन् । संस्थामा बचत निक्षेप भने ६ करोड २८ लाख १४ हजार ७३५ रहेको छ ।

सभामा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीन, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार मीना चौरेल, संघका सचिव तथा निर्वाचन समिति संयोजक वीरेन्द्रप्रसाद ढुङ्गाना, गाउँपालिका सामाजिक विकास, विपद् तथा सहकारी शाखा प्रमुख सुर्यबहादुर गुरुङ, चण्डिका माध्यामिक विद्यालयका अध्यक्ष राजकुमार गोले, स्वास्थ्य चौकीका प्रमुख नवराज सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।