हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा अवस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको तीन दिवसीय साधारण सभा अन्तर्गत दोस्रो दिनको साधारण सभा शुक्रबार हेटौंडा १२ मा भएको छ । संस्थाको २४ औं साधारणसभा अन्तर्गतको हेटौंडाको वडा नम्बर १२ का शेयर सदस्य लक्षित सभा गरिएको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मुक्तानले बताईन् ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आत्थियता तथा संस्थाका अध्यक्ष मीना थापाको सभाध्यक्षतामा सभा भएको थियो । सभामा अध्यक्ष थापाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा २१ जना जेष्ठ शेयर सदस्य नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानित हुने जेष्ठ सदस्यहरुमा सुकुमाया मुक्तान, कान्छी वाईवा, फूमाया बल, ईन्द्रकुमारी थिङ, साईलीमाया थिङ, शान्तिमाया थिङ, भीमादेवी दुलाल, सीतादेवी लामिछाने, धनकुमारी विक, दीलमाया थोकर, सुकुमाया वाईवा, फूलमाया विक, लीलामाया भूलुन, हरिमाया थापामगर, माइलीमाया गोले, राममाया रुम्बालाई सम्मान गरिएको थियो । त्यस्तै, कान्छीमाया थिङ, सानुमाया मुक्तान, सरस्वती बराल, टंककुमारी कोइराला, लक्ष्मीलाई नगद सहित सम्मान गरिएको थियो । सभामा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार बालकृष्ण अधिकारीलाई नगद सहित सम्मान गरिएको थियो ।
सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, १२ नम्बर वडा सदस्य गीता सुनार, सभामा संस्थाकी पुर्व अध्यक्ष लक्ष्मी माया थिङ, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, लेखा संयोजक तथा जिल्ला बचत संघका कोषाध्यक्ष विष्णुमाया लामा, महिला आधुनिक साकोसका अध्यक्ष सोममाया मोक्तान, प्राकृतिक साकोसका अध्यक्ष बखान सिं घलान, महिला सेवा साकोसका कल्पना घलान, जनसेवा दुग्ध उत्पादक सहकारी संस्थाका अकवर थापामगर लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै, सहकारीले तेस्रो दिनको सभा भोली शनिबार हेटौंडा १३ र १४ नम्बर वडाको शेयर सदस्यको उपस्थितिमा महेन्द्र माविमा हुने मुक्तानुले बताईन् । पहिलो दिन विहीबार हेटौंडा ४, ८,९ र १० नम्बर वडाका सदस्यहरुको उपस्थितीमा सभा गरिएको थियो ।
सहकारीमा सात करोड ५ लाख ८३ हजार नौसय शेयरपुँजी रहेको छ । संस्थाले सदस्यहरुलाई ५२ करोड ३६ लाख ६८ हजार ८७६ रुपैयाँ कर्जा लगानी गरेको प्रमुख व्यवस्थापक मुक्तानले बताईन् । संस्थामा बचत निक्षेप ५६ करोड ४५ लाख २८ हजार ९४४ रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ९५ लाख ५ हजार ४७० रुपैयाँ रहेको मुक्तानले बताइन् ।