हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा अवस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको तीन दिवसीय साधारण सभा अन्तर्गत पहिलो दिनको साधारण सभा विहीबार हेटौंडा ४ मा भएको छ । संस्थाको २४ औं साधारणसभा अन्तर्गतको हेटौंडाको वडा नम्बर ४, ८,९ र १०का शेयर सदस्य लक्षित सभा गरिएको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताईन् ।
वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आत्थियता तथा संस्थाका अध्यक्ष मीना थापाको सभाध्यक्षतामा सभा भएको थियो । सभामा अध्यक्ष थापाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् भने सचिव सर्मीला दोङ र कोषाध्यक्ष रमा कुमारी रिसालले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य तीन जनालाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको थियो । जसमा नीरा देवी घलान, दुर्गा पौडेल र सुमित्रा शर्मा सम्मान गरिएको थियो ।
सभामा हेटौंडा उपमहानगरपालिका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल र नेफ्स्कुन फिल्ड कार्यालय प्रमुख विदुर खड्काको विशिष्ट आतिथ्यता रहेको थियो । सभामा संस्थाकी पुर्व अध्यक्ष लक्ष्मी माया थिङ र निवर्तमान अध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामा लगायतको आतिथ्यता रहेको थियो ।
सभाको दोस्रो दिन आज शुक्रबार १२ नम्बर वडाको बुद्ध माविमा हुने प्रमुख व्यवस्थापक मोक्तानले बताईन् । उक्त वडामा संस्थाको २ हजार ५ सय ३० शेयर सदस्य रहेका छन् । कार्यक्रममा २० जना जेष्ठ शेयर सदस्यसँगै एकजना संचारकर्मीलाई सम्मान गरिने व्यवस्थापक लामाले बताइन् । आजको सभामा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यता रहने छ ।
त्यस्तै, तेस्रो दिनको कार्यक्रम शनिबार हेटौंडा १३ र १४ नम्बर वडाको शेयर सदस्यको उपस्थितिमा महेन्द्र माविमा हुने जनाइएको छ । जसमा दुई वडाबाट संस्थाको ३ हजार ३ सय ९५ शेयर सदस्यको उपस्थितिमा साधारण सभाको समापन गरिने मोक्तानले बताईन् ।