मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको सोमबार १२ औँ वार्षिकोत्सव तथा साधारण सभा भएको छ । संस्थाका अध्यक्ष निर्मला कुमारी लम्सालको सभाध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सहकारीले आफ्ना सदस्यलाई २१ करोड २५ लाख ५५ हजार ६४४ रुपैयाँ कर्जा लगानी गरेको छ । सभामा प्रस्तुत स्थिती विवरण पत्र प्रतिवेदन अनुसार संस्थामा बचत निक्षेप ९ करोड ५ लाख ५८ हजार ८७० रुपैयाँ रहेको छ भने एक करोड ५६ लाख ८९ हजार ६ सय शेयरपुजीँ रहेको छ । संस्थाका जेडेका कोषमा एक करोड ५५ लाख २२ हजार ४३२ रुपैयाँ राखेको छ । साविक मकवानपुरगढी गाविस कार्यक्षेत्र रहेको सहकारीमा २९६ समूहमा एक हजार ५८६ जना सदस्य आवद्ध रहेका छन् । सभामा संस्थाका अध्यक्ष लम्सालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै चाल आर्थिक वर्ष २०८१/८२ का वार्षिक कार्ययोजनाहरु समेत प्रस्तुत गरेकी थिईन् ।
सभाको अवसरमा विभिन्न विधामा समूह तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । सहकारीले असल ऋणीतर्फ रुपेश चौरेल, सानुमाया स्याङ्तान, मञ्जु दहाल, टापकुमारी हुमागाई, कान्छीमाया स्याङ्तान, नीरमाया लो, राममाया स्याङ्तान, मीना पाख्रीन र चिनीमाया भोम्जनलाई सम्मान गरिएको थियो । त्यस्तै, बाख्रा पकेट विकास कार्यक्रम अन्तरगत कुमारी सारुमगर, बिना गोङ्वा, दीलमाया पाख्रीन र बालबचततर्फ सलिना देवकोटा, किशोरी बचततर्फ गंगा सापकोटा, अन्तरसमूह तर्फ १ नम्बर वडा लेनडाँडाका सपना थिङ, कान्छीमाया लुङ्वा, श्रीकुमारी लुङ्वा र हरीमाया स्याङ्तानलाई सम्मान गरिएको थियो । त्यस्तै, सहकारीले जेष्ठ सदस्यतर्फ मीठुमाया हुमागाई, ठुलीमाया दोङ, ठुलीमाया घलान, कुमारी लो, श्रीलक्ष्मी भोम्जन र विष्णुमाया स्याङ्तानलाई सम्मान गरिएको थियो ।
सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष महेश्वर सुवेदीको विशेष आतिथ्यता रहेको थियो । सभामा वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे, वडा ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, कृषि सहकारी संघ बागमती प्रदेश उपाध्यक्ष बिमला कार्की, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साह, सामाजिक विकास, विपद् व्यवस्थापक तथा सहकारी शाखा प्रमुख सुर्यबहादुर गुरुङ, जागरण साकोसका अध्यक्ष शत्रुघन दुलाल,सृजनशील समाज साकोसका अध्यक्ष कृष्णबहादुर विडारी, संस्थाका सल्लाहकार बलराम हुमागाई, ईन्द्रबहादुर पाख्रीन, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दहाल, हर्नामाडी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रेखा खतिवडा, साना किसान कृषि सहकारी संस्था हाडिँखोलाका अध्यक्ष गीता प्रजा, हटिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला श्रेष्ठ, गाउँपालिका कृषि शाखा प्रमुख गोपाल लम्साल, हिमाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जानुका दहाल, रानी सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णप्रसाद न्यौपाने, घमिले कृषि सहकारी संस्थाका अध्यक्ष केदार पुडासैनी, पशु शाखाका पशुविकास अधिकृत डा.मदन भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।