मकवानपुरगढी \ मकवानपुरगढी ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शत्रुघन दुलाल चयन भएका छन् । विहीबार भएको संस्थाको २६ औँ वार्षिक साधारण सभाबाट दुलालको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा सरिता विश्वकर्मा, कोषाध्यक्षमा शुभद्रा तिमल्सिना लामिछाने चयन भएका छन् । समितिको सदस्यहरुमा भने सावित्रीदेवी तिमल्सिना, शर्मिला पाख्रिन, रेणुका गिरी, रामहरि खतिवडा, शोभिता दाहाल पौडेल चयन भएका छन् ।
त्यस्तै संस्थाको लेखा समिति संयोजकमा कल्पना सापकोटा चयन भएकी छिन् । समितिको सदस्यहरुमा भने सन्तोषी श्रेष्ठ र विदुर हुमागाई चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको रहनेछ । संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको सभामा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
२० करोड ४४ लाख ३९ हजार ७१० कुल कारोबार गरेको सहकारीले १२ करोड २३ लाख १ हजार ६६६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक मेनुका दाहालले बताईन् । उनले संस्थामा एक करोड ६५ लाख ६७ हजार ६७९ रुपैयाँ जगेडा कोष रहेको बताईन् । संस्थाको कुल बचत १५ करोड ७१ लाख १ हजार ७५१ रुपैयाँ रहेको छ ।
सहकारीले बाल बचतकर्तातर्फ संयम देवकोटा र स्वस्तिका पाख्रीन, नियमित बचततर्फ नन्दामाया फुँयाल र श्यामकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो भने उत्कृष्ट ऋणीतर्फ लक्ष्मी सापकोटा र हरिराम योञ्जनलाई सम्मान गरिएको थियो । गरिब तथा जेहेन्दार बाल सदस्य छात्रवृति अमर स्याङतान र महेश सिलवालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीन, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, जिल्ला सहकारी संघका सदस्य शर्मिला डंगोल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, नेफ्स्कुन फिल्ड उपसमितिका सदस्य राजेन्द्रप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष सुलोचना स्याङ्तान, सृजनशील समाज साकोसका अध्यक्ष कृष्ण विडारी लगायतको आतिथ्यता रहेको थियो ।