हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा अवस्थित जनचेतना बचत तथा ऋण सहकारी संस्थाको शनिबार २४ औँ वार्षिक साधारण सभा तथा ९ औँ निर्वाचन कार्यक्रम भएको छ । सभाले आगामी ४ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
सभाले संस्थाको अध्यक्षमा ज्योतिमाया डोल्मा लक्ष्मीदेवी लो चयन भएकी छिन् । सर्वसम्मत रुपमा उनी अध्यक्षमा चयन भएकी निर्वाचन समितिका संयोजक वीरेन्द्रप्रसाद ढुङ्गानाले बताए । उनी यस अघि कोषाध्यक्ष पदमा रहेर काम गरेकी थिइन् । लामो समय सहकारी अभियानमा जोडिएकी उनी आगामी चार वर्षमा सहकारीलाई थप उर्जाका साथ आर्थिक र सामाजिक पक्षमा बलियो बनाउँदै अघि बढ्ने बताईन् ।
अधिवेसनबाट उपाध्यक्षमा सुकुमाया गोले भ्लोन सचिवमा सम्झौता विश्वकर्मा र कोषाध्यक्षमा सुष्मा स्याङ्तान चयन भएकी छिन् । त्यस्तै सहकारीको सञ्चालक समिति सदस्यहरुमा रविना प्रजा, सञ्चमाया स्याङ्तान, तारा लामिछाने, सीतामाया तामाङ, राजु श्रेष्ठ, गीताकुमारी पाण्डे, भगवती चौधरी मुक्तान चयन भएका छन् ।
सभाले मनिषा सिंजालीमगरको नेतृत्वमा लेखा तथा सुपरिवेक्षण समिति पनि गठन भएको छ । समितिको सदस्यहरुमा भने अनिता थिङ र समीक्षा स्याङ्तान चयन भएका छन् । संस्थाका अध्यक्ष जानुका दुवाडीको सभाध्यक्षता तथा वडा नम्बर १५ का वडाध्यक्ष सुनील मुक्तानको प्रमुख आतिथ्यतामा २४ औं वार्षिक साधारण सभा भएको थियो ।