March 16, 2025
भदौ २९, २०८१

♦ श्रीराम अर्जुन


हेटौंडा \ मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले शनिबार १८ औँ वार्षिक साधारण सभा गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सभालाई सम्बोधन गर्दै कार्यकारी उपाध्यक्ष देवकोटाले सहकारी क्षेत्रको पछिल्लो राष्ट्रिय घटनाले सबैक्षेत्रका सहकारीका सदस्यहरु क्रसित हुनुपर्ने अवस्था सिर्जना भएको बताए । उनले हाम्रोतिर भने भाखा नाघेको ऋणले गर्दा प्रायः सहकारीमा समस्या भइरहेको बताए ।
बचत सँगै ऋणको कारोबार गर्ने सहकारीले भाखा नाघेको अवस्थामा सहकारीलाई कारोबार गर्न असहज परिस्थिती सिर्जना भएको छ, उनले भने । उत्पादनसँग जोडिएर कर्जा लगानी गर्न आग्रह गर्दै सदस्यहरुलाई व्यवसायिक बनाउन सीपमूलक तालिमहरु समेत दिनुपर्ने बताए ।

No description available.

सभाकै अवसर पारेर विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । सहकारीले पूर्व समितितर्फ निवर्तमान उपाध्यक्ष राजु ढकाल र सदस्य अर्जुनप्रसाद विडारीलाई सम्मान गरेको थियो । यसैगरी संस्थाको कार्यसम्पादनका उत्कृष्ट भई संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटा र कार्यालय सहायक पुष्पराज दहाललाई नगद सहित वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, जेष्ठ सदस्यतर्फ जीवनाथ सुवेदी र यशोदादेवी चौरेल, उत्कृष्ट बचतकर्तातर्फ जर्नादनप्रसाद अधिकारी र सुष्मा कुईँकेल लामिछाने, असल ऋणीतर्फ ध्रुवप्रसाद देवकोटा र गुराँस माझीलाई पुरस्कृत गरिएको थियो ।

No description available.

सहकारीले बालबोध माविकी छात्रा कृतिका घिमिरेलाई आठ हजार रुपैयाँ हातेमालो छात्रवृति प्रदान गरेको छ । एईइमा उत्कृष्ट हुने सामूदायिकतर्फका प्रकृति दहाल, प्रशन्न चौलागाई र भवानी भट्ट, संस्थागततर्फ सुमिन मानन्धर र रस्मिता सुवेदीलाई र प्लस टु तर्फ कृशल राई र कृति सापकोटालाई पुरस्कृत गरिएको थियो ।

सहकारीकोे आव २०८०/०८१ सम्मको कुल पुजीँ ६८ करोड ५५ लाख ९४ हजार ७६४ रुपैयाँ रहेको छ । ६ करोड ४२ लाख ९ हजार ८ सय शेयरपुजीँ रहेको सहकारीले आफ्ना सदस्यहरुलाई ५२ करोड ८८ लाख ४१ हजार २६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले बताईन् । उनका अनुसार सहकारीमा ५३ करोड २५ लाख १४ हजार ८४५ बचत निक्षेप, चार करोड ५ लाख ७६ हजार ९ रुपैयाँ जगेडा कोष रकम रहेको बताईन् । सहकारीले आव २०८१/०८२का लागि ७५ करोड ६० लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको व्यवस्थापक सापकोटाले बताईन् ।

No description available.

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेल, हेटौंडा उपमहानगरपालिकाका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, प्रगति नमुना साकोसका अध्यक्ष मिठाराम दहाल, साइराम साकोसका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, युवा साकोसका अध्यक्ष राजु गौतम, दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा. गणेश लामा, मातृभूमि साकोसका अध्यक्ष नारायणप्रसाद लम्साल, प्रशन्न साकोसका उपाध्यक्ष अनिल सापकोटा, संस्थाका सल्लाहकारहरु नुरप्रसाद गौतम, राजु ढकाल, अरुणकुमार नेपाल, संस्थाका लेखासमिति संयोजक नारायणप्रसाद रेग्मी, उपाध्यक्ष केशवप्रसाद धिताललगायतको आतिथ्यता रहेको थियो ।