हेटाैँडा \ संस्था स्थापना दिवसकाे अवसरमा हेटाैँडामा रहेकाे ॐ वृद्वाश्रममा रहेका वृद्वावृद्वाहरुलाई फलफूल तथा वृद्वाश्रमलाई सहयाेग गरेकाे छ । हेटाैँडा-६ चाैघडामा रहेकाे जनकल्याण बचत तथा ऋण सहकारी संस्थाकाे २९ स्थापना दिवसको अवसरमा वृद्वाश्रमले स्थापना गरेकाे अक्षयकोषकाे लागि १० हजार ५५५ रुपैया र वृद्ववृद्वाहरुकाे लागि फलफूल वितरण गरिएको थियाे ।
सबैकाे सहयाेग र सल्लाहले वृद्वाश्रमले गति लिएकाे र हाल वृद्वाश्रममा २५ जना आश्रित रहेकाे वृद्वाश्रमका काेषाध्यक्ष फणीन्द्र तिमल्सिनाले बताए । सहकारी संस्थाका अध्यक्ष बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यता एवम हिमाल पाैडेलकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा वृद्वाश्रमका निवर्तमान अध्यक्ष बुद्वि प्रसाद पाैडेल, सहकारी संस्थाका निवर्तमान अध्यक्ष रघु प्रसाद आचार्य, पूर्व उपाध्यक्ष खिल प्रसाद गाैतम, नारायण प्रसाद अधिकारी , सचिव राृम बहादुर न्याैपाने, सल्लाहकार बद्री बहादुर पाठक, गणेश कुमार श्रेष्ठ , सञ्चालक समिति , लेखा समिति, सञ्चारकर्मी , कर्मचारी , शेयर सदस्य लगायतकाे सहभागीता थियाे ।
२०५३ साल भदाै २४ गते स्थापना भएकाे सहकारी संस्थामा करिव ३ हजार शेयर सदस्य रहेका छन भने करिव ३१ कराेडकाे काराेवार गरेकाे व्यवस्थापक दीपेन्द्र गाैतमले बताए ।