हेटौंडा \ हेटौंडा ११ नवलपुरमा अवस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा शनिबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष फूलमान श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा ११ का वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा २८ जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक नन्दलाल श्रेष्ठले बताए । रक्तदान कार्यक्रम सहकारीले नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार केन्द्रसँग सहकार्य गरेको थियो ।
त्रिभूवन विद्यालयको परिसरमा आयोजित रक्तदान कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोकर्ण पराजुली, वडा सदस्य सञ्जय विडारीको आतिथ्यता रहेको थियो । खेमराज सापकोटाले स्वागत गरेको रक्तदान कार्यक्रमलाई सचिव गोविन्द पुडासैनीले सञ्चालन गरेका थिए ।

