February 19, 2025
भदौ १५, २०८१

हेटौँडा \ हेटौँडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा सहकारी शिक्षा सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा प्रतियोगितात्मक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा मौलिक गीत तर्फ सिर्जना सापकोटा, नृत्य तर्फ शर्मिला गौतम र सिर्जनात्मक कार्य तर्फ गोमादेवी खडकालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहभागी महिलाहरुले चाडपर्वलाई भटकिलो नवनाई सभ्य तरिकाले मनाउन आग्रह गरेका थिए ।

वर्षभरिको दुखलाई बिर्सिएर मनभरिका दुखलाई पन्छाएर आजको दिन रमाउन र रमाईलो गर्न साथी संगीहरुसंग मनका बह पोख्न पाउँदा असाध्यै खुशी भएको सहभागीहरुले बताए । कार्यक्रममा हेटौडा ६ का वडा सदस्य विजय पौडेल, संस्थाका सचिव रोम बहादुर न्यौपाने, कोषाध्यक्ष चेतनाथ खतिवडा, सृजना टोल विकास संस्थाकी अध्यक्ष जीव कुमारी पौडेल, सञ्चालक सदस्य टुक कुमारी चौलागाई, सञ्चारकर्मी , संस्थाका महिला शेयर सदस्य लगायतको सहभागिता थियो । संस्थाले प्रत्येक वर्ष तीज विशेष कार्यक्रमको आयोजना गरि दर समेत खुवाउदै आएको छ ।