December 12, 2024
साउन १२, २०८१

हेटौँडा \ बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा विमल ठकुरी नियुक्त भएका छन् । सरकारका मुख्यमन्त्री बहादुर सिं लामाले शनिबार उनलाई मन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्तसँगै ठकुरीले सपथ समेत लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहका बीच ठकुरीले सपथ लिएका हुन् ।

उनीसँगै हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय , सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, तथा मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

ठकुरी नेपाली कांग्रेसबाट काठमाडौँको क्षेत्र ३ को २ बाट प्रदेश सभामा निर्वाचित भएका प्रदेश सभा सदस्य हुन् । नेपाली कांग्रेसको लामो कालखण्डमा सक्रिय राजनीति गर्दै आएका ठकुरी प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।