September 25, 2022
खवरसहकारी |  कार्तिक ४, २०७८  | 

काठमाण्डौ \ हिजो बढेको शेयर बजार परिसूचक नेप्से आज विहीबार फेरि घटेको छ ।

काराेबार हुने हप्ताको अन्तिम दिन नेप्से आज १४ दशमलव सात अङ्कले घटेर दुई हजार पाँच सय ५६ दशमलव ९५ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

उत्पादन, व्यापार, जलविद्युत् र विकास बैङ्क समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय १६ वटा कम्पनीका ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

जोशी हाइड्रो र गुडवील फाइनान्स शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।समग्र बजार घटे पनि मेरो माइक्रो फाइनान्स लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published.