• श्रीराम अर्जुन
हेटौंडा \ सहकारी संस्थाहरुले आफ्ना संस्थाको कारोबार सच्याउन मिल्ने खालका सफ्टवयर नराख्न लेखापरीक्षकहरुले आग्रह गरेका छन् । शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजनामा समसामायिक विषयमा लेखापरीक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रममा लेखापरीक्षकहरुले सहकारी संस्थाको मेरुदण्ड नै व्यवस्थापन समिति, लेखा समिति र व्यवस्थापक रहेको बताएका छन् । उनीहरुले लेखा समिति र व्यवस्थापकले सामान्य फाइनलसियल रिपोर्ट बनाउन सके लेखा परीक्षण गर्न सहज वातावरण हुने बताएका थिए ।
नेपाल अडिटर्स एशोसिएसन(अडान) का केन्द्रीय उपमहासचिव राजेन्द्र प्रसाद ढुङ्गानाले व्यवस्थापक र लेखासमितिको काम राम्रो भए सहकारीको लेखापरीक्षण गर्न सहजता रहने बताए । उनले अब सहकारी नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस)मा जानुपर्ने बताए । व्यवस्थापक र लेखा समितिलाई प्रयाप्त तालिम प्रदान गर्नुपर्छ होइन भने सहकारी संस्थाको कारोबार र लेखापरीक्षणमा समस्या उत्पन्न हुन्छ, ढुङ्गानाले भने ।
अडानका केन्द्रीय सदस्य प्रकाश ढकालले आन्तरिक लेखा हेर्ने लेखा समिति हो, उनीहरुले व्यवस्थापकले वित्तीय विवरण ठिक छ या छैन भनी हेरेपछि मात्र हामी कहाँ आउने बताए । कारोबारको विवरण ठिक छ भने हामीले आफ्नो सिस्टममा गर्ने छौँ, होइन भने समस्या हुने उनले बताए । कतिपय विश्वासको भरमा काम गर्दा आफुहरु समस्यामा समेत परेका छौं । सफ्टवयरमा भएको कारोबार यदी सच्याउन मिल्ने रहेछ भने त्यो सफ्टवयर प्रयोग बन्द गर्नुस्, ढकालले भने । पोष्टिङ भएको कारोबार पछि व्यवस्थापकले इडिट गर्न नमिलोस् ।
कतिपय सहकारीले जिन्सी सामानको समेत लेखाजोखा नराखेको समेत पाइएको लेखापरीक्षकहरुले बताएका छन् । खातामा कारोबार गर्ने सहकारीले कम्प्युटर प्रणालीको सफ्टवयरमा जान लाग्नु भएको छ भने पहिले सबै म्यानुअल कारोबारको फाइनलसियल रिर्पोट बनाउन सहकारी संस्थालाई लेखापरीक्षकहरुले आग्रह गरेका छन् । हतारमा चाडैँ साधारण सभा गर्नुपर्ने भन्दै हतारमा लेखा परीक्षण गरिदिनुस भन्दै नआउन उनीहरुले आग्रह समेत गरेका छन् ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन किरण ढोडारीले सहकारी क्षेत्रमा छोटो अवधिमा एनएफआरएस गर्न नसकिने बताउँदै करिब एक वर्षमा मात्र गर्न सकिने बर्ता । तालिम प्रदान पश्चात मात्र व्यवस्थापकले सामान्य फाइनलसियल रिपोर्ट बनाउन सके भने एक वर्षमा एनएफआरएस गर्न सकिने बताए । एकाउन्टमा विज्ञ भएकाहरु पनि सफ्टवयरमा विज्ञ नहुन सक्छन् त्यसले गर्दा दुवै क्षेत्रमा विज्ञ बनाउन पर्याप्त तालिम हुनु जरुरी छ, ढोडारीले भने ।
सिस्टममा रहेर काम गर्ने हो, कारोबार गर्दा एउटै सफ्टवयर प्रयोगले राम्रो हुन्छ, लेखा परीक्षक मणिप्रसाद सुवेदीले भने । हामीले सबै सहकारीमा एकरुपता गराउन समस्या छ, लेखापरीक्षकले प्रतिवेदनमा लेखेको कुरा पढ्दैन्, सच्याउनुपर्ने भनेर लेखेपनि वास्ता नगर्ने सहकारीहरु समेत रहेको बताउँदै अब हामीले सात दिन लगाउने लेखा परीक्षण १० दिन लगाएर सिस्टममा रहेर परीक्षण गर्ने बताए ।
अन्तरक्रियामा अडानका मकवानपुर अध्यक्ष पूर्णमान श्रेष्ठले एनएफआरएस लागु भएको मकवानपुरमा तीन वटा सहकारी रहेको बताए । सबैकुरा लेखापरीक्षकले हेर्न सक्दैन, लेखासमिति राम्रो र सबै कुरा हेर्न सक्ने खालको भए हाम्रो काम आदी घट्ने बताए । हामीले समस्या बोकेका सहकारीहरुको पहिचान गरी गहिराईमा पुगेर कारोबार हेरी लेखा परीक्षण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । व्याजमा, ऋणमा, नगद र बैंकमा, विल भौचर, चारखाताहरुमा अनियमितता रहिरहेकाले त्यसतर्फ ध्यान हामी सबैको पुग्ने अध्यक्ष श्रेष्ठले भने ।
संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा मकवानपुर जिल्लाका सहकारीको अवस्था, लेखा परीक्षणमा एकरुपता कायम गर्ने, सहकारी विभागका पछिल्ला परिपत्रहरु, सहकारीमा अनियमितता हुने संभाववित क्षेत्रहरु र नेपाल वित्तीय प्रतिवेदन मानकका विषयमा बृहत छलफल गरिएको थियो । कार्यक्रममा अडानका केन्द्रीय उपमहासचिव राजेन्द्रप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य प्रकाश ढकाल, अडान बागमती प्रदेश सचिव तेजप्रसाद रुपाखेती, प्रदेश सल्लाहकार शकुल श्रेष्ठ, अडान जिल्ला अध्यक्ष पूर्णमान श्रेष्ठ लगायत मकवानपुरका लेखापरीक्षकहरुको सहभागिता रहेको थियो ।

