September 7, 2024
असार ३, २०८१

हेटौंडा \ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका लागि दुई अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ ।

शनिबार आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्नुहुँदै सहकारी क्षेत्रको लागि सहकारी विज्ञ र सरोकारवाला समेतको सहभागितामा अध्ययन गरी प्राप्त निष्कर्ष प्रतिवेदनका आधारमा ऋण सहकारी संस्थामा देखिएको समस्याको सहजीकरण र समाधानको लागि आवश्यक रकम विनियोजन गरेको बताए ।

उनले प्रदेश भित्रका सहकारीहरुको नियमन र अनुगमनका लागि काठमाडौं उपत्यकामा सहकारी रजिष्ट्रारको कार्यालयको स्थापना गरिने बताए । सूचना प्रविधिको माध्यमबाट पर्यटन तथा सहकारी क्षेत्रमा नागरिकमैत्री सेवा प्रत्याभूतिका लागि पर्यटन सूचना तथा सेवा केन्द्रको विस्तार गर्न आवश्यक बजेट व्यवस्था गरेको बताए ।