कोशी प्रदेशमा सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले गएको चालू आर्थिक वर्षकोभन्दा एक अर्ब रुपैयाँ कमको बजेट प्रस्तुत गर्नुभएको छ ।
कोशी प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
कोशीले कृषिमा दिँदै आएको अनुदानलाई अब निरुत्साहित गरेर कृषि ऋिणको व्याजमा सहुलियत दिने, घरेलु रक्सीको ब्राण्डिङ गर्न संघीय सरकारसँग समन्वय गरेर काम गर्ने लगायतका कार्यक्रम बजेटमा उल्लेख गरेको छ ।