September 7, 2024
जेष्ठ १९, २०८१

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनी अवस्थित जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले शनिबार एक दिने सहकारी शिक्षा शिविर कार्यक्रम सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष श्रीराम अर्जुनको सभाध्यक्षता तथा गाउँपालिकाका कार्यपालिका सदस्य एंव वडा ५ का वडा सदस्य नन्दकुमारी विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन) मकवानपुर फिल्ड कार्यालयका प्रमुख विदुर खड्काले प्रशिक्षण दिएका थिए । खड्काले सहकारीसँग जाडिएका राष्ट्रिय अन्तर्राष्ट्रिय मुल्य मान्यता, सम्बन्ध, नीति नियम, सहकारीमा सिद्धान्त, सञ्चालका , लेखा समिति, विभिन्न उपसमितिका काम कर्तव्यबारे जानकारी दिनुका साथै भाखा नाघेका ऋणसँग जोडिएका विषयवस्तुलाई सहजीकरण गरेका थिए ।
त्यस्तै, सहकारीका व्यवस्थापक दीर्घबहादुर थापाले शिक्षा शिविरमा सहकारीका विभिन्न ऋण नीति, बचत लगायत संस्थागत विषयवस्तुबारे जानकारी गराएका थिए ।

No description available.

कार्यक्रममा संस्थामा आवद्ध रहेका विभिन्न आयआर्जन समूहका अध्यक्ष, सचिव तथा कोषाध्यक्षहरुको सहभागिता रहेको थियो । संस्थाको वार्षिक कार्य योजना अनुरुप सहकारी शिक्षा शिविर सञ्चालन गरिएको संस्थाका सचिव राजन घिमिरेले बताए ।
कार्यक्रममा नेफ्स्कुनका हेटौंडा कार्यालय प्रमुख विदुर खड्का, संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, निवर्तमान अध्यक्ष तथा लेखा समिति संयोजक चण्डिका पौडेललगायतको आतिथ्यता रहेको थियो ।