हेटौंडा \  हेटौंडा २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा सोमबार रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको समेतको संयुक्त आयोजनामा सहकारीले कार्यक्रम गरेको हो ।

हेटौंडा स्थित बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, प्रवक्ता डा.खगेश्वर गेलाल, सुचना अधिकारी डा.रवीन भुषाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नसर्ने रोगहरु मधुमेह, रक्तचापको निशुल्क परिक्षण समेत गरिरहेको थियो । हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका प्राविधिक टोलीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।