January 22, 2025
जेष्ठ ७, २०८१

हेटौँडा \ हेटौँडा २ मा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले साँचो जीवन निर्माण अभियान कार्यक्रम गरेको छ । आइतबार हेटौँडामा एक कार्यक्रमकाबीच सञ्चालन गरिएको हो ।

संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ९७ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । मावन सेवा आश्रमका देवेश गुप्ताले साँचमो जीवन निर्माणका विषयमा प्रशिक्षण दिएका थिए ।

संस्थाका सचिव सीताराम दाहालले सञ्चालन गरेको कार्यक्रमलाई उपाध्यक्ष केशवप्रसाद धितालले कार्यक्रमबारे प्रष्ट पारेका थिए । सहकारी संस्थाको वार्षिक कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले बताइन् । उनले कार्यक्रममा संस्थागत गतिविधि र सदस्यहरुको काम कर्तव्य अधिकारका विषयमा आफ्नो प्रस्तुति राखेकी थिइन् ।