May 19, 2024
बैशाख २२, २०८१

हेटौडा \ हेटौडा ६ चुच्चेखोलामा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको २० औँ वार्षिक साधारणसभा शनिवार भएको छ । हेटौडा १७ का वडा अध्यक्ष उद्वव सत्यालको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष बनारसी उप्रेतीको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा अध्यक्ष उप्रेतीले संस्थागत प्रतिवेदन, सचिव श्रीदेवी सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोजिना तिमल्सिनाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा कामधेनु बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष उदय विडारी, नारीचेतना सहकारीका अध्यक्ष राधिका गौतम, चुच्चेखोला सामुदायिक वनकी सचिव राधिका विडारी, चुच्चेखोला सामुदायिक वन सहकारीकी व्यवस्थापक रीता फुयाल, संस्था सल्लाहकार प्रमेश कुमार पराजुली, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

संस्थामा २ सय ४० जना महिलाहरु आवद्व रहेको व्यवस्थापक कल्पना पराजुलीले बताउनु भयो ।