April 19, 2024
कार्तिक २, २०७८

काठमाडौं । बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ । यी दुई संस्थाबीच एकीकृत कारोबार गर्नका लागि राष्ट्रबैंकले कात्तिक १ गते स्वीकृति प्रदान गरेको छ ।

स्वाप रेसियो १ः०.८४ हुने गरी प्राप्तीका लागि दुई वित्तीय संस्थाबीच सहमति भएकोे थियो । प्राप्ती पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड नामबाट एकीकृत कारोबार हुनेछ भने केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।

‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा देशभर कार्यक्षेत्र रहने गरी संस्थाले वित्तीय सेवा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *