January 22, 2025
बैशाख २१, २०८१

हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ देवीपथ अवस्थित नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाले एक दिने सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । शुक्रबार संस्थाको आफ्नै भवनमा शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरिएको हो ।

संस्थाका सञ्चालक सदस्य एंव शिक्षा उपसमितिका संयोजक शिवराम (अर्पण) पराजुलीको अध्यक्षता तथा संस्थाका अध्यक्ष मिठाराम दाहालको प्रमुख आतिथ्यतामा शिविर सञ्चालन गरिएको थियो । सहकारीको वार्षिक कार्यक्रम अन्तरगत सदस्यहरुलाई बचत तथा ऋणका नीति, समग्र सहकारीको नीति नियम र सहकारीको महत्व यसको प्रभावबारे जानकारी दिइएको थियो ।

No description available.

शिविरलाई शिक्षा समितिका संयोजक पराजुलीले सहजीकरण गरेका थिए भने संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले संस्थाको संस्थागत विवरणबारे जानकारी गराएका थिए । संचालक समिति, लेखा समिति, शिक्षा उपसमितिका सदस्य सहिति शिविरमा ४१ जनाको सहभागिता रहेको व्यवस्थापक भण्डारीले बताए ।