October 10, 2024
बैशाख ४, २०८१

हेटौंडा \  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा विभिन्न विधामा शेयर सदस्य सम्मान गरिएको छ । संस्थाले असल बचतकर्ता, असल ऋणी र असल व्यवसायीउद्यमीलाई सम्मान गरेको हो ।

मंगलबार सहकारीको २४ औँ स्थापना दिवस मनाउँदै असल बचतकर्ता तर्फ विनी वाइवा, सीता कार्की, आशाकुमारी वाइवा, लक्ष्मी भोम्जन, वीरमाया घलान, लक्ष्मी लामा घलान, पम्फा देवकोटा, सरस्वती दंगाल, शर्मिला नेगी, विना गोङवालाई समान गरिएको थियो । त्यस्तै, असल ऋणीतर्फ विनिता माया तामाङ, नीता अर्याल, काइली माया गोले, लक्ष्मी लामा स्याङतान, बन्दना घलानलाई सम्मान गरिएको थियो भने असल उद्यमीतर्फ सुष्मिता थिङ, सजीना थिङ, निशा मुक्तान, कल्पना तामाङ र गीताकुमारी थापा मगरलाई सम्मान गरिएको थियो । सोही अवसरमा निर्मला मोक्तान र कल्पना श्रेष्ठको जोडीलाई जोडी सम्मान प्रदान गरिएको थियो ।

May be an image of 13 people, dais and text

सहकारी संस्थाका अध्यक्ष मीना थापाको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा दिवस मनाइएको थियो । कार्यक्रममा हेटौंडा १३ का वडाध्यक्ष पेम्बा लामा, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी उपाध्यक्ष मीनाकुमारी चौरेल, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला सहकारी संघका सहसचिव भोगेन्द्र लुईटेल, नेपाल बचत तथा ऋण सहकारी संस्था मकवानपुरको फिल्ड इन्चार्ज विदुर खड्का, जनचेतना साकोसका अध्यक्ष जानुका दुवाडी, महिला सेवा साकोसका उपाध्यक्ष रुक्मिणी गोङ्बा, संस्थाका निवर्तमान अध्यक्ष विष्णुमाया लामा, पूर्व अध्यक्ष लक्ष्मी थिङ, कालिका आधारभूत विद्यालयका अध्यक्ष संगीता वाईवालगायतको आतिथ्यता रहेको थियो ।

May be an image of 8 people, dais and text

कार्यक्रममा सहकारीका प्रमुख व्यवस्थापक फुलमाया मोक्तानले सहकारीले गरेको गतिविधिको बारेमा प्रस्तुत गरेकी थिइन् । २०५८ बैशाख ४ गते दर्ता गर्दै सुरुवात गरिएको सहकारी २४ औं वर्ष पुगेको हो । चैत्र मसान्त सम्ममा सहकारीमा ६ हजार ३ सय ३६ जना शेयर सदस्य आवद्ध रहेका छन् भने शेयर पूँजी ७ करोड १ लाख १९ हजार २ सय रुपैयाँ रहेको व्यवस्थापक मोक्तानले जानकारी दिइन् । सहकारीको स्थापना दिवसको अवसरमा विद्यार्थीलाई विद्यालय झोला पनि वितरण गरेको थियो ।

May be an image of 3 people and people studying