हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा अवस्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा एक दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

सहकारीले नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघरको जाँच तथा स्तनको परिक्षण गरिएको थियो । शिविरमा दुईजनाको पाठेघरमा रिङ हालेको, एक जनाको मासु काटेको, दश जनालाई हेटौंडा अस्पतालमा थप उपचारका लागि पठाईको र ५० जनालाई सामान्य ईन्फेक्सन भएको र औषधि वितरण गरिएको संस्थाका व्यवस्थापक सुशीला वाईवाले बताईन् ।

No description available.

त्यस्तै दिवसकै अवसरमा किशोर किशोरीहरुलाई लागूपदार्थ दुव्र्यसनी सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमलाई साहारा समूहका अनील लामाले सहजीकरण गरेका थिए । त्यस्तै लैंगिक हिंसा सम्बन्धी सचेतना मूलक कार्यक्रमलाई भने माइती नेपालका प्रमुख माया लामाले सहजीकरण गरेको समेत आयोजना गरिएको संस्थाका व्यवस्थापक वाईवाले बताईन् ।

संस्थाका अध्यक्ष अचला शर्माको अध्यक्षतामा तथा वडा नम्बर १२ का कार्यबहाक अध्यक्ष महेश भट्टराईको प्रमुख आतिथ्यता उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष एंव कार्यपालिका सदस्य रुक्मिणी गोङ्बा, स्वास्थ्य रेणु राई, संस्थाका पदाधिकारी, कर्मचारी, सल्लाहकारहरुको सहभागिता रहेको थियो ।