January 22, 2025
चैत्र २८, २०८०

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाले बुधबार रजत महोत्सव मनाएको छ । संस्थाको २५ औँ स्थापना दिवसको अवसरमा संस्थाले रजत महोत्सव कार्यक्रम गरेको हो ।

रजत महोत्सवमा संस्थाले संस्थापक सदस्य, मकवानपुरगढी गाउँपालिकाका सहकारी अभियानमा जिल्ला, प्रदेश र केन्द्रमा आफ्नो स्थान बनाएका सहकारी अभियानकर्मी, सञ्चारकर्मी, जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाले ४९ जना संस्थापक सदस्यलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।
No description available.

त्यस्तै अभियानकर्मीहरुमा मकवानपुरगढीका नारायणप्रसाद देवकोटा, बद्री प्रसाद लम्साल, विदुर हुमागाई, कल्पना श्रेष्ठ, सुलोचना स्याङ्तान, निर्मला लम्साल, रामजी सापकोटा, हरिप्रसाद अधिकारी, खीलाप्रसाद चौलागाई, हरिप्रसाद कंडेल र कृष्ण बहादुर विडारीलाई सम्मानपत्रका साथ सम्मान गरिएको थियो ।

यसैगरी खबर सहकारी डटकमका प्रधानसम्पादक श्रीराम अर्जुन, समृद्धसमाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सञ्चार माध्यमबाट सहकारी अभियानमा सक्रिय सहभागिता जनाएको भनी सम्मान गरिएको थियो । पुर्व कर्मचारीतर्फ भगवती घिमिरे, कल्पना सापकोटा, उमा रुम्बा, सन्तोषी श्रेष्ठ, कविता तिवारी, आइतीमाया थिङ र पुना राईलाई सम्मान गरिएको थियो ।

No description available.

सोही अवसरमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका पूर्व उपाध्यक्ष राधा सिन्तान र जिल्ला बचत संघ मकवानपुरका व्यवस्थापक सुमित्रा कुमारी वाईवाका साथै संस्थाका ७० वर्ष पुरा भएका जेष्ठ सदस्य हेमकुमारी तिमल्सिना, दुर्गादेवी न्यौपाने र कान्छी माया लामालाई समेत सम्मान गरिएको थियो ।

रजत महोत्सव लक्षित विभिन्न बाल कार्यक्रमका विजेताहरुलाई पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

No description available.

कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य बद्री प्रसाद लम्साल, सहकारी महाशाखाका रजिष्ट्रार रोहित पोखरेल, मकवानपुरगढी गाउँपालिकाका वडा ३ का वडाध्यक्ष भागवत घिमिरे, वडा ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, केन्द्रीय दुग्ध उत्पादक सहकारी महासंघका सदस्य विदुर हुमागाई, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, महासचिव जिवसराज खड्का, प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल, नेफ्स्कुन फिल्ड हेटौंडा ईन्र्चाज विदुर खड्का, मकवानपुर जिल्ला बचत संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका पूर्व उपाध्यक्ष राधा सिन्तान लगायत विभिन्न साकोस संस्था तथा अन्य सहकारी संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

रजत महोत्सवको अवसरमै जागरण साकोस रजत वर्ष स्मारिका-२०८० प्रकाशन गरि विमोचन समेत गरिएको थियो ।