October 10, 2024
चैत्र २४, २०८०

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटार स्थित जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार एक कार्यक्रमकाबीच सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । दुग्ध संकलन र बिक्री गर्दै आइरहेको उक्त सहकारीले शेयर सदस्य र किसानलाई सहकारी शिक्षा, पशु स्वास्थ्य र वीमा सम्बन्धी जानकारी गराएको छ ।

संस्थाका अध्यक्ष हिरामणी दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका पशु शाखा प्रमुख सत्यनारायण साहले गाईवस्तु र भैंसीहरुमा लाग्ने रोग, त्यसको निराकरण, बच्ने उपाय जस्ता विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । किसानबाट उठेका सवालका जवाफ कार्यक्रममा दिइएको थियो ।

त्यस्तै, शिखर इन्स्योरेन्स हेटौंडा शाखाका प्रमुख प्रमोद पोखरेलले समग्र वीमाका विषयमा सहजीकरण गरेका थिए भने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका प्राविधिक गोविन्द तिमल्सिनाले दुध र दुग्ध जन्य पदार्थको स्तर कस्तो हुनुपर्छ, फ्याट, एसएनएफको विषयका साथै सफा र गुणस्तर दुध कस्तो हुन्छ र कसरी बनाउने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरी किसानहरुलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार सहित किसानहरुको सहभागिता रहेको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए ।