हेटौंडा \ हेटौंडा २ बुद्धचोकमा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव अर्थात रजत जयन्ती विहीबार एक कार्यक्रमकाबीच मनाइएको छ । संस्थाका उपाध्यक्ष बालकृष्ण न्यौपानेको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक बागमती प्रदेश प्रमुख रामेश्वर अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
विस २०५६/०५७ सालमा दर्ता गरिएको उक्त सहकारी २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाइएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनीले पदमपोखरी गाउँमा स्थापना भएकाले ग्रामीण नामाकरण गरिएको बताए । उनले गाउँका २५ जनालाई जम्मा गरी दर्ता प्रक्रिया गरिएको उनले सुनाए ।
कार्यक्रममा प्रमुख अतिथि अर्यालले राज्यले लिएको तीन खम्बे नीतिमा सहकारी एक खम्बा रहेको बताए । उनले सहकारीले आफ्ना सदस्यको हितमा सेवा गर्न आग्रह गर्नुका साथै उत्पादन र व्यवसायिक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । बैंक भनेको नाफा कमाउने उद्देश्यले लगानी गर्ने गर्दछन्, बैंकको पैसा तिर्न सबै कसेर लाग्छन्, कालोसुचिमा परिन्छ भनेर कर्जा नि तिर्छन तर सहकारीमा आलटाल गरिरहेको अवस्थामा सहकारीमा समस्या उत्पन्न हुने बताए । त्यसतर्फ भने सहकारी चनाखो भएर काम गरिनुपर्नेमा जोड दिनुपर्छ ।
सोही अवसरमा संस्थाले हेटौंडा ११ स्थित मामाघर नेपाल नामक संस्थालाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले १२ हजार पाँच सय बराबरको चामल, दाल, आलु, अण्डा, विस्कुट, चाउचाउ लगायतको सामाग्री प्रदान गरिएको थियो ।
सहकारीको फागुन मसान्तसम्ममा शेयरपुजीँ २ करोड १३ लाख १२ हजार नौ सय रहेको छ । संस्थाको बचत निक्षेप ४ करोड ४ लाख ६४ हजार ४३२ रुपैयाँ छ भने कर्जा लगानी ९ करोड ९० लाख ३७ हजार ८३२ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक पुष्पा क्षेत्रीले बताईन् ।
त्यस्तै, जगेडा कोषमा ५५ लाख ३८ हजार ९३२ रुपैयाँ, कुल संस्थागत पुजीँ ५८ लाख ९९ हजार ७८२ रुपैयाँ, कुल सम्पति १२ करोड ५० लाख ९३ हजार २६४ रुपैयाँ रहेको व्यवस्थापक क्षेत्रीले बताईन् । संस्थामा २ हजार ८९ सदस्य रहेका छन् भने २५९ जना ऋणी सदस्य रहेका छन् ।