April 20, 2024
चैत्र २०, २०८०

हेटौंडा \ हेटौंडा २ बुद्धचोकमा अवस्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

हेटौंडा १२ पदमपोखरी स्थित श्री प्रतिभा आधारभूत विद्यालयको सभाहलमा सञ्चालित कार्यक्रम संस्थाका उपाध्यक्ष बालकृष्ण न्यौपानेको अध्यक्षता तथा वडा नम्बर १२ का कार्यबहाक अध्यक्ष ज्ञान बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्यालले कार्यक्रममा वित्तीय साक्षरता विषयक सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा ५४ जना शेयर सदस्यहरुको सहभागिता रहेको संस्थाका व्यवस्थापक पुष्पा क्षेत्रीले बताईन् ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, संस्थाका लेखा समिति संयोजक पूर्णप्रसाद पुडासैनी, सचिव रवीन ढकाल, कोषाध्यक्ष राजेन्द्र प्रसाद पुडासैनी, विद्यालयका प्रअ सविना लामा लगायतकाको आतिथ्यता रहेको थियो ।