October 10, 2024
अशोज २४, २०७८

हेटौडा \  हेटौडा-१६ चिसापानीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष प्रलाद घिमिरेले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम भण्डारीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक श्रीकृष्ण आचार्यले ऋण समितिको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ सदस्य गोपि प्रसाद पुडासैनी, असली बचतकर्ता मिठु कुमारी फुयाल, दैनिक बचतमा सिताराम अधिकारी, असली कारोवारीमा पुष्पराज हटवाल र रिता आचार्यलाई पुरस्कृत गरिएको थियो । यसैगरि उत्कृष्ट विद्यार्थीमा कुसुम अधिकारी, अकिन्चन सापकोटा, सृष्टि चौलागाँई र सुजला कार्कीलाई समेत पुरस्कृत गरिएको थियो ।

सहकारीका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको सभाध्यक्षतामा भएको साधारणसभामा हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, महामती बचत तथा ऋण सहकारीका अध्यक्ष मोहन प्रसाद बस्ताकोटी, सहकर्मी बचत तथा ऋण सहकारीका सचिव विष्णुमान श्रेष्ठ, लगायतको आतिथ्यता रहेको थियो । संस्थाले आव ०७७/०७८ मा करिव ११ करोडको कारोवार गर्न सफल भएको व्यवस्थापक मोहन थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *