January 22, 2025
चैत्र १९, २०८०

हेटौंडा \ हेटौंडा ७ स्थित नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले सोमबार सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत ६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले सहकारी शिक्षा शिविर कार्यक्रम गरेको हो । हेटौंडा १६ चिसापानी सेवा केन्द्रमा उक्त कार्यक्रम गरिएको संस्थाका सुचना अधिकारी सशील सुवेदीले बताए ।

संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको सभाध्यक्ष तथा हेटौंडा १६ नम्बरका वडाअध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा एक सय जना शेयर सदस्यहरुको सहभागी रहेको थियो । वडाध्यक्ष कोइरालाले संस्थाले प्रकाशन गरेको २०८१ सालका भित्तेपात्रो सार्वजनिक समेत गरेका थिए ।

No description available.

कार्यक्रममा संस्थाका उपाध्यक्ष विजय बहादुर बस्नेत, कोषाध्यक्ष तथा शिक्षा समिति संयोजक पार्वती भट्ट तथा सञ्चालन सदस्य रघु प्रसाद आचार्य ,व्यवस्थापक रामशरण गौतमले सहकारी शिक्षा शिविरमा सहजिकरण गरेको संस्थाका सचिव युवराग गौतमले बतथाए । शिविर कार्यक्रममा संस्थाको चिसापानी सदस्य सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको सहभागीता रहेको थियो ।