April 19, 2024
चैत्र १९, २०८०

हेटौंडा \ हेटौंडा ११ नवलपुर स्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार ऋण सदुपयोगिता र भाखा नाघेका ऋण असुली सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

संस्थाको आफ्नै भवनमा सहकारीले ३८ जना शेयर सदस्यको सहभागितामा ऋणको सदुपयोगिता र भाखा नाघेका ऋण असुली विषयक छलफल गरिएको संस्थाका प्रमुख कार्यकारी अधिृकत शर्मिला श्रेष्ठले बताईन् ।

संस्थाका अध्यक्ष आशा कुमारी अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ र ऋण अधिकृत कान्छी श्रेष्ठले सहभागीहरुलाई ऋणको सदुपयोगिता र भाखा नागेका ऋण असुली बारे सहजीकरण गरेका थिए ।

सहकारीमा सुशासन: प्रविधि र एकीकरण भन्ने मुल नाराका साथ भोली अर्थात चैत्र २० गते ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइदैँ छ ।