हेटौंडा \ स्वास्थ्य कार्यालय मकवानपुरको समन्वय तथा हेटौंडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सोमबार नसर्ने रोगहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
संस्थाको भवनमा ब्लड प्रेसर, सुगर, मृर्गौला लगायत अन्य नसर्ने रोगहरुको परिक्षण गरिएको संस्थाका व्यवस्थापक दीपेन्द्र गौतमले बताए । स्वास्थ्य परिक्षण कार्यक्रममा १५० जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएको व्यवस्थापक गौतमले बताए ।
कार्यक्रममा चुरोट, रक्सी नखाने, नियमित व्यायम गर्ने, स्वास्थ्य तथा पोषणयुक्त खानेकुरा खाने लगायतका विषयमा प्रतिवद्धता जनाउँदै हस्ताक्षर समेत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, सचिव रोमबहादुर न्यौपाने, कोषाध्यक्ष चेतनाथ खतिवडा, सल्लाहकार प्रह्लाद शर्मा आचार्य, सदस्यहरु रेखा गिरी र यतिराज दंगाललगायतको उपस्थिती रहेको थियो ।