January 13, 2025
चैत्र ३, २०८०

हेटाैडा \ हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी  संस्थाद्वारा शनिवार एक कार्यक्रमकाे आयाेजना गरि  गमला वितरण  गरिएकाे छ । हेटाैडा ६ मा रहेकाे रक्षादेवी टाेल विकास संस्थाका ९० घरधुरीलाई  गमला वितरण  गरिएको  हाे ।

हेटाैडा ६ वडा सदस्य मुना विककाे प्रमुख आतिथ्यता एवम सहकारीका उपाध्यक्ष  त्रिविक्रम मानन्धरकाे सभाध्यक्षतामा गमला वितरण  गरिएको  हाे ।

कार्यक्रममा मकवानपुरगढी ७ का वडा अध्यक्ष  सूर्य बहादुर रुम्बा,  हेटाैडा ६ का निवर्तमान वडा अध्यक्ष  अध्यक्ष  अर्जुन प्रसाद चाैलागाई, नेपाल पत्रकार  महासंघ , मकवानपुर  अध्यक्ष  मणीराज गाैतम, नवजीवन  ज्याेति क्लबका निवर्तमान  अध्यक्ष  श्रीराम पुडासैनी , उपाध्यक्ष  जनकराज शर्मा, रक्षादेवी टाेल विकास  संस्था उपाध्यक्ष  केशव प्रसाद काेईराला, सचिव राजकुमार फुयाल, सहकारीका सचिव अर्जुन प्रसाद हुमागाई, काेषाध्यक्ष सुभद्रा आचार्य  लगायतकाे उपस्थिति  रहेकाे थियाे ।

रक्षादेवी टाेल विकास संस्थालाई  नमुना टाेल वनाउने याेजना अनुसार गमला वितरण  गरिएको  क्लबले जनाएको  छ ।