March 16, 2025
फाल्गुन २८, २०८०

हेटौंडा \ हेटौंडा ११ नवलपुर स्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सोमबार एक दिवशीय निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम भएको छ । नवलपुरमा रहेको त्रिभूवन उच्च माध्यामिक विद्यालय परिसरमा भएको स्वास्थ्य शिविरमा चार सय जनाले सेवा लिएका छन् ।

संस्थाका अध्यक्ष आशाकुृमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा १ स्थित सञ्चो अस्पताल प्रा.लिको प्राविधिक सहयोगका विशेषज्ञ सहितको टोलीले स्वास्थ्य परिक्षण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताईन् । संस्थाको वार्षिक कार्य योजना अनुरुप निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको जनाइएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा. प्रशान्त शर्मा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. आसुतोष कुमार दास र जनरल फिजिसियन डा. मिथिलेश ठाकुर सहितको स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको अधिकृत श्रेष्ठले बताईन् ।
No description available.
सोही अवसरमा सहकारी संस्था र अस्पतालबीच सम्झौता समेत गरिएको छ । संस्थाका शेयर सदस्यलाई अस्पतालमा हुने डाक्टर शुल्क, ल्याब, फार्मेसी देखी सम्पूर्ण उपचारमा १० प्रतिशत छुटको व्यवस्था समेत हुने गरी सम्झौता गरिएको अधिकृत श्रेष्ठले बताईन् ।

कार्यक्रममा सञ्चो अस्पताल प्रा.लिका अध्यक्ष लक्ष्मण अधिकारी, नवयूवा साकोसका अध्यक्ष फुलमान श्रेष्ठ, अस्पतालका सञ्चालक हीरा वाईवा र विद्यालयका प्रअ हस्तलाल श्रेष्ठको आतिथ्यता रहेको थियो ।