April 20, 2024
फाल्गुन २७, २०८०

हेटौंडा \ बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना निकालेर जुन सम्झौता वा सर्तअनुसार ऋण लिएको हो त्यसैअनुसार ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारीमा समयमा नै भुक्तान गर्न ऋणी सदस्यहरूलाई आग्रह गरेको हो ।

साथै मन्त्रालयले विभिन्न बहानाबाजी एवम् ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवार अभिव्यक्तिको पछाडि नलाग्न पनि अनुरोध गरेको छ । यस्ता अभिव्यक्तिको पछाडि लागेर ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यको बचत फिर्ता गर्न असहज भएकाे भन्ने गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।