April 20, 2024
फाल्गुन २७, २०८०

हेटौंडा \ हेटौंडा ११ नवलपुरमा अवस्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने सकारात्मक जीवनशैली तथा तनाव व्यवस्थापन कार्यक्रम भएको छ । शनिबार ब्रम्हकुमार विजय भाइ सिग्देलको सहजिकरणमा उक्त कार्यक्रम भएको थियो ।

संस्थाका अध्यक्ष आशा अधिकारीको अध्यक्षता तथा वडा ११ का वडा सदस्य सञ्जय विडारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नवयुवा साकोसका अध्यक्ष फुलमान श्रेष्ठ,ब्रम्हकुमारी राजयोगका सञ्चालक शुशिला दिदी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ , नवलपुर सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बालकृष्ण विडारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहकारी, वन समिति र टोल विकास संस्थाहरुबाट करिब १ सय ४५ जनाको सहभागिता रहेको थियो ।