April 19, 2024
फाल्गुन २६, २०८०

ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम शनिबार भएको छ ।

संस्थाको आफ्नै भवन संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा समीक्षा तथा अन्तरक्रिया भएको हो । ६ महिना सम्म भएका संस्थाको आर्थिक कारोबारका साथै संस्थाले गरेका विभिन्न कार्यक्रमहरुबारे समीक्षा गरिनुका साथै वार्षिक कार्य योजना अनुरुप अब कसरी अघि बढ्ने विषयमा बृहत अन्तरक्रिया गरिएको संस्थाका सुचना अधिकारी उमेश बस्नेतले बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार जीवन लामा, विन्दु विष्ट, संस्थाका पदाधिकारी, लेखा समिति संयोजक मधुकर कार्की, सदस्यहरु, ऋण उपसमितिका सदस्यहरु, बचत उपसमिति, शिक्षा उपसमिति, बाल बचत समूहका प्रतिनिधि, संस्थाका व्यवस्थापक सरोज थापा मगर र सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सहकारीले हाल सम्म १६ करोड ५ लाख ९६ हजार ५८२ रुपैयाँको कुल कारोबार गरेको छ । एक हजार ६ सय ९९ सदस्य आवद्ध रहेको सहकारीमा एक करोड ५९ लाख ८ हजार ६ सय रुपैयाँ शेयरपुँजी रहेको सुचना अधिकारी बस्नेतले बताए ।