April 19, 2024
फाल्गुन २३, २०८०

ईन्द्रसरोवर\  मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा २० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भएको छ । बुधबार मार्खु स्थित सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण सहकारी संघ(नेफ्स्कुन) को प्राविधिक सहयोगमा कार्यशाला भएको हो ।

सहकारीका अध्यक्ष विमला श्रेष्ठको अध्यक्षता तथा ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुवास थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यशालालाई नेफ्स्कुनका कार्यक्रम अधिकृत यमकला पौडेलले सहजिकरण गरेकी थिइन् ।

पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेशन कार्यक्रम अन्तरगत मध्यतराई दोस्रो क्लष्टरको २० औँ कार्यकुशलता कार्यशाला गोष्ठी सृजना महिला साकोसले आयोजना गरेको संस्थाका अध्यक्ष विमला श्रेष्ठले बताईन् । गोष्ठीमा १० वटा साकोस संस्थाका ४३ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।