
हेटौंडा \ हेटौंडामा युवा सदस्य लक्षित गरी एक दिने उद्यमशील सोच विकासका लागि वित्तीय साक्षरता कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको. आयोजनामा उक्त कार्यक्रम भएको हो ।
संस्थाको वार्षिक कार्यक्रम योजना अनुरुप एक दिवसीय युवा सदस्य लक्षित वित्तीय साक्षरता कार्यक्रम गरिएको संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले बताईन् । संस्थाका अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा समितिका संयोजक किशोर बर्तौलाले उद्यमशील सोच विकासका लागि वित्तीय साक्षरता कार्यक्रमको औचित्य बारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा सहकारी तथा लघुवित्त विज्ञ प्रकाश पाण्डेले कार्यक्रमलाई सहजीकरण गरेका थिए भने संस्थाका पदाधिकारीहरुले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा ३५ जना युवाहरुको सहभागिता रहेको थियो ।