हेटौंडा \ हेटौंडा ४ मा अवस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः बगान सिं थिङ चयन भएका छन् । शनिबार संस्थाको १२ औँ वार्षिक सभा तथा पाँचौ अधिवेसनबाट थिङ ४ वर्षका लागि अध्यक्ष चयन भएका हुन् ।
संस्थाको उपाध्यक्षमा कल्पना राई, सचिवमा रमेश कंडेल, कोषाध्यक्षमा हलिया शेख चयन भएका छन् । यसैगरी संस्थाको सदस्यहरुमा सुर्य बहादुर मोक्तान, प्रकाश तिमल्सिना, सरोज लामा, संजोग बल र रञ्जु दाहाल चयन भएकी छिन् । त्यस्तै संस्थाको लेखा समिति संयोजकमा लक्ष्मी मोक्तान चयन भएकी छिन् भने सदस्यहरुमा राजकुमार पौडेल र प्रल्हाद खनाल भएका छन् ।
संस्थाका अध्यक्ष बगान सिं थिङको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संद्दका सचिव वीरेन्द्र प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।
८२२ जना शेयर सदस्य रहेको सहकारीमा ३८ लाख ३५ हजार तीन सय शेयर पुजीँ रहेको छ । सहकारीले १ करोड ९१ लाख ५ हजार ५७६ रुपैयाँ सदस्यलाई कर्जा लगानी गरेको छ । संस्थामा २ करो २८ लाख ६३ हजार १२९ रुपैयाँ बचत निक्षेप रहेको जनाइएको छ ।