हेटौंडा \ हेटौंडा १० मा अवस्थित नमुना बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष केदार प्रसाद न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सवीन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, संस्थाका पूर्व अध्यक्ष महेन्द्रनाथ शर्माको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष न्यौपानेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, संस्थाका सचिव बाबुराम खतिवडाले आव ०८०/८१ को अनुमानित आन्दानी तथा खर्चको विवरण प्रस्तुत गरेका थिए ।
एक हजार ३१४ जना शेयर सदस्य रहेको संस्थामा ५५ लाख ६९ हजार ६६० रुपैयाँ शेयरपुजीँ रहेको छ । संस्थाको जगेडा कोषमा ५ लाख ४७ हजार १०५ रुपैयाँ रहेको छ भने बचत निक्षेप १ करोड ८७ लाख ७० हजार ६४७ रुपैयाँ रहेको छ । संस्थाले सदस्यलाई एक करोड ५८ लाख २६ हजार ४३४ रुपैयाँ कर्जा लगानी गरेको छ ।