हेटौंडा \ हेटौंडा उपमहानग।पालिका वडा नम्बर ११ मा रहेको क्षिरसागर दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा पुनः शालिकराम पुडासैनी चयन भएका छन् । शुक्रबार भएको सहकारीको छैठौँ साधारणसभाबाट पुडासैनीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा बासुदेव पौडेल, सचिवमा तारादेवी कप्रौला, सहसचिवमा गीता राना र कोषाध्यक्षमा जम्बरबहादुर बानियाँ चयन भएका छन् ।

यसैगरी सदस्यमा पुर्णकुमारी बस्नेत, मन्जु विडारी, भीमसेन हुमागाई, तेसराज रिमाल, लीलानाथ अगस्ती चयन भएको भएका हुन् । त्यस्तै सहकारीको लेखा समितिको संयोजकमा कृष्णप्रसाद खनाल चयन भएका छन् भने सदस्यमा धर्मेन्द्र भट्ट र सावित्री गजुरेल रहेका छन् ।

सहकारीको अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा सहकारीमा सबैभन्दा बढी दूध विक्री गर्नेमा पुण्यकुमारी बस्नेत प्रथम, श्रीराम भक्त गिरी द्वितीय, उद्धवप्रसाद गजुरेल तृतीय, हरीमाया पण्डित र सावित्री हुमागाई सान्त्वना पुरस्कार प्रदान गरिएको सहकारीका व्यवस्थापक देवकुमार श्रेष्ठले बताए ।

१ सय २७ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पुँजी ५ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । सहकारीको कारोबार २ करोड २४ लाख ९४ हजार रुपैयाँ रहेको व्यवस्थापक श्रेष्ठले बताए ।

सभामा हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य गीता सुनार, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेललगायतको आतिथ्यता रहेको थियो ।