December 12, 2024
पुस २७, २०८०

हेटौडा \ हेटौडा–६, चौघडामा रहेको वंशगोपाल दुग्ध उतपादक सहकारी संस्थाको ३२ औं वार्षिक साधारणसभा शुक्रबार भएको छ । साधारणसभाले खडानन्द चौलागाईको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा केशव धिताल, जिल्ला संघ प्रतिनिधिमा बासुदेव अधिकारी चयन भएका छन् ।

यसैगरि समितिको सदस्यहरुमा राम प्रसाद गौतम, शिवराज आचार्य, महादेव प्रसाद न्यौपाने, सूर्यप्रसाद दुलाल, केशव चौलागाई, रुद्र कुमारी सापकोटा र हिरादेवी महर्जन चयन भएका छन । लेखा समितिको संयोजकमा जयराम घिमिरे, सदस्यमा दिलिप सुवेदी र राधिका हुमागाई, कृषक हितकोषको संयोजकमा केशव धिताल सदस्यमा नवराज पौडेल र गोपालचन्द्र भट्टराई चयन भएको निर्वाचन संयोजक रमेश प्रसाद लामिछानेले बताए ।

हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना लामाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष श्याम प्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन, कृषक हितकोषका सदस्य नवराज पौडेलले हितकोषको प्रतिवेदन, पशुधन संरक्षण समितिका संयोजक खडानन्द चौलागाईले पशुधन संरक्षण समितिको प्रतिवेदन र व्यवस्थापक लक्ष्मण सापकोटाले आव. ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०८०/०८१ को लागि ३ करोडको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

साधारणसभामा उत्कृष्ट कृषकमा बासुदेव अधिकारी, नवराज दाहाल र रजत श्रेष्ठ, गुणस्तरीय दूध विक्रीमा राम प्रसाद गौतम, सफा दूध विक्रीमा कृष्णहरि राई, गोठ सफामा लक्ष्मण खनाल, धेरै पशु आहार खरिदमा रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो । यसैगरि उत्कृष्ट बचतकर्ता गोमा लामिछाने र जयराम घिमिरे, उत्कृष्ट कारोवारीमा विमला दाहाल र राजीव खनालाई पुरस्कृत गरिएको थियो ।

सभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, पूर्व अध्यक्ष बासुदेव सापकोटा, केशव प्रसाद सञ्जेल, सल्लाहकार बालकृष्ण चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नौलो विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङगाना, मक्रान्चुली साझा सहकारीका अध्यक्ष रामहरि न्यौपाने, नारायणी दुग्ध सहकारीका अध्यक्ष शिव सञ्जेल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, संस्था उपाध्यक्ष केशव धिताल लगायतको आतिथ्यता रहेको थियो ।