February 19, 2025
पुस २१, २०८०

हेटौंडा \ मकवानपुर जिल्ला सहकारी संघको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायणप्रसाद देवकोटा चयन भएका छन् । शनिबार भएको संघको २० औँ साधारणसभा तथा अधिवेशनबाट देवकोटाको अध्यक्षतामा नयाँ सञ्चालक चयन भएको हो ।

देवकोटा बागमती प्रदेशको प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष समेत हुन् । समितिको उपाध्यक्षमा मेनुका दाहाल घिमिरे, सचिवमा दिनेश उपाध्याय, कोषाध्यक्षमा विमलकुमार ढकाल, सहसचिवमा भोगेन्द्र लुईटेल चयन भएका छन् ।

यसैगरी संघको सदस्यमा अर्जुनप्रसाद वाग्ले, सीताराम दाहाल, हेमप्रसाद न्यौपाने, हरीप्रसाद पौडेल, विमला कार्की, शर्मिला डंगोल, श्रमिक लामा चयन भएका छन् । त्यस्तै संघको लेखा समितिको संयोजकमा खेमराज सापकोटा चयन भएका छन् भने सदस्यमा ज्ञानेन्द्र ढुङ्गाना र लक्ष्मणप्रसाद सुवेदी चयन भएको निर्वाचन समितिका संयोजक वीरेन्द्र प्रसाद ढुङ्गानाले बताए ।

संघका जिल्लाका १९९ वटा सहकारी संस्था आवद्ध रहेका छन् ।