हेटौंडा \ मकवानपुर जिल्ला सहकारी संघको २० औँ वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ । संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।
१९९ संस्था शेयर सदस्य रहेको संघमा १० लाख ६ हजार शेयर पुजीँ रहेको छ । संघले सहकारी बजार विकास कार्यक्रम अन्तरगत विभिन्न गतिविधि गर्दै आइरहेको छ । सभामा संघको बढी शेयर खरिद गर्ने जिल्ला बचत तथा ह्ण सहकारी संघ र हेटौंडा ११ मा रहेको बागेश्वरी महिला साकोसलाई सम्मान गरेको थियो ।
सभामा संघका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य विदुर हुमागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष महेश्वर सुवेदी, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका कार्यबहाक अध्यक्ष शर्मिला डंगोल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो । सभाले आगामी ४ वर्षका लागि नयाँ समिति समेत चयन गर्नेछ ।